पोखरा । गायक विवेक श्रेष्ठ बिहीबार दिउँसो लेकसाइडस्थित क्रिस्टल मन्टेश्वरी पुगे । त्यहाँ पुग्दा बालबालिकाको स्वागतले उनी हर्षविभोर भए । पोखरामा हुने लाइभ कन्सर्टको तयारी चलिरहँदा थोरै फुर्सदद निकालेर उनी त्यहाँ पुगे ।
कार्यक्रमको तयारीले थकित भइरहेका बेला बालबालिकासँग एकैछिन भएपनि भुल्न पाउँदा थकाइ मेटिएको उनले बताए ।
मन्टेश्वरीमा बालबालिकासँग फोटो खिचे, केही भिडियो फुटेज लिए अनि त्यहाँबाट उनी बिदा भए ।
गायक विवेकलाई आफ्नै अगाडि देख्न पाएपछि बालबालिका अत्यन्तै खुसी भएको मन्टेश्वरीका संस्थापक रीना पौडेलले बताइन् ।
पोखराको प्रदर्शनी केन्द्रमा शुक्रबार कन्दरा लाइभ कन्सर्ट हुँदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा पर्यटन परिषद्ले जनाएको छ ।
‘पहिला घरदेश अनि परदेश’ नारासहित गीतसङ्गीतमार्फत् नेपालको पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गर्न कन्सर्ट आयोजना गरिएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution