सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज तीन सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button