पोखरा । पर्वतकी एक महिला चोरी आरोपमा पटक-पटक कास्की प्रहरी हिरासत र कारागार परेकी छन् । उनलाई फेरि पनि चोरी आरोपमै प्रहरीले पक्राउ गरेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. ४ गणेशटोल बस्ने वर्ष ३४ की टीका श्रेष्ठलाई प्रहरीले हालै पक्राउ गरेको छ । उनी एक ६ वर्षकी बालिकाको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोप पक्राउ परेकी हुन् ।
श्रेष्ठले पुस २० गते दिउँसो पोखरा महानगरपालिका वडा नं. १२ स्थित शीतलादेवी सामुदायिक स्कूलमा अध्ययनरत बालिकालाई ललाईफकाई गरेर कानका दुई वटा लिएपछि घरमा रहेको भुद्की फोडेर २ हजार २ सय ४० रुपियाँ लुटेर भाग्दै गर्दा पक्राउ परेकी थिइन् । उनको साथबाट २ वटै मुन्द्रा र चोरी भएको रकम बरामद भएको थियो ।
पोखरामा बृद्ध महिला तथा बालबालिकाका सुनका गरगहना तथा धनमाल श्रृङ्खलाबद्धरुपमा चोरी गरेको कसुरमा ९ महिना जेल बसेर २८ हजार रुपैयँ धरौटी बुझाएर निस्किएकी थिइन् ।
श्रेष्ठबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution