चितवन । चितवनमा छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति पूर्वी चितवनमा भएको दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खैरहनी नगरपालिका–२ चैनपुरचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट पर्सातर्फ जाँदै गरेको बा प्र ०३-००१ च १७२७ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र ०३-०२-००६ प ९०६८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते स्कुटर चालक एक पुरुषको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुन सकेको छैन । जिपका चालक फरार भएका छन् ।
यस्तै भरतपुर महानगरपालिका-७ टाइगरचोकमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका-६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटा रहेका छन् ।
टाइगरचोकबाट बुद्धचोकतर्फ आउँदै गरेको बा प्र ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बिएबी २८७५ नम्बरको कारले बिहीबार राति ठक्कर दिएको हो ।
घाइते सापकोटाको उपचारका क्रममा राति नै चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution