पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन

पोखरा  । पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ ।
अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका हुन् ।
पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार पारिएको नाटकमा उनीसहित १३ कलाकारले अभिनय गरेका छन् ।
नाटकमा नाट्यकर्मी रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुसाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेल रहेका छन् ।
प्रिमियर शो हेर्न पुगेका दर्शकले उक्त  नाटक मन परेको भन्दै नाटक समूहको कामको प्रशंसा गरेका थिए ।
आगामी माघ १३ गतेसम्म मञ्चन हुने उक्त नाटकले वर्गीय, जातिय, क्षेत्रीय तथा लैङ्गिक समाजको चित्रण गर्ने भएकाले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।
‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटक छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित रहेको छ ।
यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक-फरक पृष्ठभूमिका १२ जनाबीच छलफल गरी निर्णय गर्न लगाइन्छ ।
उनीहरुको विचारमा देखिने विविधता र संघर्ष नै नाटकको विषयवस्तु हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button