ससुरालीमै खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान फरार

पाँचथर । पाँचथरमा श्रीमानको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाक रहेकी छन् ।

प्रहरीका अनुसार श्रीमान ३५ वर्षीय असफल कुरुम्वाङले ससुराली घरमै पुगेर गोमामाथि खुकुरी प्रहार गरेका थिए ।

असफलको खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि दमक पठाइएको प्रहरीले जनाएको छ । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी प्रहार गरेका थिए ।

श्रीमतीको हत्यापछि असफल फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुमित कुशवाहले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button