पोखरा । बाह्रौं महोत्सवमा रौनकता बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहँदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोड सवारले रौनक थपेको हो ।
हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनीसँगै यसका बारेमा जानकारी दिइने छ । महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलोसँंगै याकको बारेमा जान्न सक्नेछन ।
महोत्सवमा घोड सवारबाट समेत दर्शकहरुले मनोरञ्जन लिन सक्ने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको सिमकार्ड निःशुल्क गरिएको छ ।
महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिमकार्ड लिन सक्नेछन ।
महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्ने महोत्सव सुनारले बताए ।
महोत्सवमा बढी भिडभाड हुने भएकाले आयोजकले रेभलसँग सहकार्य गरेर अनलाइनमार्फत टिकट काट्ने ब्यवस्था मिलाएको हो ।
महोत्सवमा आउन चाहने दर्शकहरुले घरमै बसेर रेभल एपमार्फत पोखरा महोत्सवको टिकट काट्न सक्नेछन् ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा लोकदोहोरी र विभिन्न ख्यातिप्राप्त ब्याण्डहरुको लाइभ कन्सर्टबाटसमेत दर्शकहरुले मनोरन्जन लिन सक्नेछन ।
महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पूजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुतिमार्फत दर्शकहरुले मनोरञ्जन लिए ।
यस्तै सांँझको लाइभ ब्याण्डतर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर, प्रोभर्वस र ब्ल्याक ओको प्रस्तुतिमा युवाहरु झुमेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution