राधाकृष्ण मन्दिर शान्ति आश्रमको ३१औं साधारणसभा

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको आफ्नो ३१औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा सांसद गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताइन् ।

मन्दिरसहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उनले त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका सभापति एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सहअध्यक्ष गणेशबहादुर खत्रीले संस्थाको विकासका लागि धेरै सामाजिक भावनाले भरिएका व्यक्तिहरूको साथ र सहयोग भएको बताए ।

संस्थाको दीगो सञ्चालनका लागि ‘मन्दिर एक अतिथि’ जस्ता अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

कार्यक्रममा गोंगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रधान, नेपाल रेडक्रस सोसाइटी पोखरा-३२ का अध्यक्ष किसान परियार, भक्ति अधिकारी लगायतले बोलेका थिए ।

उक्त अवसरमा कांग्रेस नेता मोहन प्रधानले राइस कुकरसहितका समाग्री सहयोग गरेका थिए । कार्यक्रममा संस्थाका लागि विभिन्न योगदान गर्ने व्यक्तित्व संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका सहअध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम खनालले गरेका थिए भने स्वागत माधवशरण उपाध्यायले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button