सल्यानकाे प्रगतिशील माविमा पूर्व विद्यार्थी मञ्च गठन, संयोजकमा डा. क्षेत्री

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ सल्यानस्थित प्रगतिशील माविमा पूर्व विद्यार्थी मञ्च गठन भएको छ । विद्यालयमा शुक्रबार आयोजित पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रममार्फत मञ्च गठन भएको हो ।

मञ्चको संयोजकमा डा. खड्क बहादुर क्षेत्री सर्वसम्मत चयन भएका छन् । यस्तै, सचिवमा हरिबहादुर केसी र कोषाध्यक्षमा अशोक गुरुङ चयन भएका छन् ।

मञ्चको कार्यसमिति सदस्यहरुमा बिष्णुप्रसाद पौडेल, गोबिन्द पौडेल, रामबहादुर विक, नवीन पौडेल, तारा पोख्रेल पौडेल, हरिमाया केसी, सुनिता खड्का क्षेत्री र घनश्याम पोखरेल छन् ।

मञ्चका अध्यक्ष तथा पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई सल्यानी समिति कास्कीका अध्यक्ष शुक्रराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर केसी र प्रधानाध्यापक नमराज पौडेलले बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button