
पोखरा । नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस यात्रु बाहक बस राप्ती पुलबाट नदीमा खसेको छ ।
बस शुक्रबार राति करिब १०ः३० बजे दाङको राप्ति गाउँपालिका वडा नं. १ स्थित राप्ती पुलबाट खसेको छ ।
बसमा कम्तिमा ३० यात्रु रहेको बताइएको छ । यतिबेला प्रहरीले घटनास्थल पुगेको बताइन्छ । विस्तृत विवरण आउन बाँकी छ ।





