पोखरा । पोखरामा शुक्रबार देखि ‘वर्डक्याम्प नेपाल’को छैटौँ संस्करण सुरु भएको छ । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ । पछिल्लोपटक सन् २०२२ मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको यस सम्मेलन यसपटक पोखरामा गरिएको हो ।
वर्डक्याम्पमा पोखराभन्दा बाहिरका चार सय स्वदेशी, बङ्गलादेश, भारत, अमेरिका, मलेसिया, युरोपियन मुलुकबाट दुई सय गरी झण्डै एक हजार सहभागी रहेको वर्डक्याम्प नेपाल २०२४ का स्थानीय संयोजक निशाल गुरुङले बताए ।
सम्मेलनको पहिलो दिन वर्डप्रेसलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्नेबारे जानकारी एवं दोस्रो दिन मुख्य सम्मेलन सम्पन्न हुने उनले जानकारी दिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले वर्डप्रेस साथै सूचना प्रविधिसम्बन्धी विभिन्न विषयमा रहेर जानकारी तथा प्रशिक्षण दिने जनाइएको छ ।
सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेश सरकार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution