राप्तीमा बस दुर्घटना, चार जनाको मृत्यु

पोखरा । दाङस्थित राप्ति नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ ।

स शुक्रबार राति करिब १०ः३० बजे दाङको राप्ति गाउँपालिका वडा नं. १ स्थित राप्ती पुलबाट खसेको थियो ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे१ज ३९१२ नम्बरको बस शुक्रबार राति १०ः३० बजे राप्ति पुलबाट खसेर दुर्घटना भएको हाे ।

बसमा करिब ३२ जना यात्रु भएको आकलन गरिएको छ । दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ ।

घाइतेहरुको उद्धार गरि उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित विभिन्न अस्पतालमा पुर्याइएको बताइन्छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button