
पोखरा । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शुक्रबार मध्यराति ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पका कारण बझाङका साथै छिमेकी जिल्लाहरुमा भूकम्पको धक्का महसूस गरिएको थियो ।





