पोखरा । पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतिभा क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । आजसम्म सञ्चालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।
प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चार समूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्लस टु मा बिहानी र दिवा सत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर प्रतियोगितामा खेलाइएको छ ।
पछिल्लो समय युवा पुस्तामाँझ क्रिकेट खेलको लोकप्रियता बढिरहेको अवस्थामा विद्यालय तहमा भएको यो प्रतियोगिताले क्रिकेटका सम्भावित खेलाडी पहिचान गर्न सहज हुने प्राचार्य सापकोटाको विश्वास छ ।
संचालक समितिका अध्यक्ष पौडेलले क्रिकेटका प्रतिभावान खेलाडी पहिचान गर्न यस्ता प्रतिस्पर्धा आवश्यक रहेको बताए । विद्यालयमा किताबी अध्ययन बाहेक खेलकुदमा रुची हुने विद्यार्थीले यस्ता प्रतियोगिता मार्फत पहिचान बनाउन सक्ने उनले बताए ।
प्रतिभा माविले क्रिकेटका सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई प्रतिभा युवा वर्ष पुरस्कार स्वरुप जनही एक लाख रुपैयाँ पुरस्कार समेत दिइसकेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution