
पोखरा । माघ १ माघे संक्रान्तिको दिन र २ गते अर्थात सोमबार र मंगलबार देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमार्फत सोमबार गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
आज भने आज पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा सामान्यतया मौसम सफा छ ।
आज बिहान तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
राति भने गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।





