
पोखरा । पव्लिक क्याम्पस प्राध्यापक संघ नेपाल गण्डकी प्रदेशमा पनि विस्तार भएको छ ।
यसअघि लुम्विनी प्रदेशमा समिति बनेको थियो ।
पोखरा शनिबार आयोजित प्रदेश भेला तथा अधिवेशनले विमल गिरीलाई संयोजक र भेषराज बराललाई इञ्चार्ज तोकेको छ ।
संयोजक गिरी तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र बराल कास्कीको पोखरास्थित जनप्रिय क्याम्पस प्राध्यापनरत छन् ।
गिरी र बराल दुवै संघको केन्द्रीय सदस्य पनि हुन् ।
संघको प्रदेश कार्यसमिति आवश्यकता अनुसार छिट्टै विस्तार गरिने बताइन्छ ।
भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए ।





