पोखरा । प्रेस क्लव गण्डकीको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
उनले सानो कमजोरीले ठूलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भूमिका खेल्ने बताए ।
अहिले सञ्चार कानून निर्माणको तयारी भैरहेको बताउँदै उनले पत्रकारमैत्री बनाउन आफ्नो तर्फबाट भूमिका खेल्ने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्लवका सल्लाहकार सरिता पंगेनी तिमिल्सिनाले क्लवले छोटो समयमा राम्रो काम गरेको बताइन् । उनले अझै सशक्त रुपमा समाजमा रहेका विभिन्न विषयमा बहसमूलक कार्यक्रम गर्न सुझाव दिइन् ।
क्लवका सल्लाहकार सुष्मा पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव माधव बराल, पोखरा महानगरपालिका न्यायिक समिति सदस्य कालिदास पोखरेल लगायतले बोलेका थिए ।
क्लवका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गौरव त्रिपाठीले गरेका थिए ।
साधारणसभाले क्लव दर्ता भएको दिनलाई स्थापना दिवस मान्दै सोही अवसरमा समाजका लागि महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति वा संस्थालाई वार्षिक ५० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको अध्यक्ष गिरीले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution