पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ स्थित अमला बिसौनी धोविनीपाटन टोल विकास संस्थाको अध्यक्षमा खगेन्द्र थापा चयन भएका छन् । संस्थाको नवौं अधिवेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा राजु खड्का, सहसचिवमा राजेन्द्र शाही ठकुरी, कोषाध्यक्षमा भुवनकुमार पौडेल, सह कोषाध्यक्षमा भुवनवहादुर बस्नेत छन् ।
यसैगरी सदस्यहरुमा सीता थापा, गंगा कार्की, सन्तोष खत्री, राधा थापा, सरिता अधिकारी, लक्ष्मी पौडेल र सिर्जना थापा छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा-१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले वडाको समग्र विकासमा टोल विकास संस्थाको भूमिका अभिभावकीय रहने गरेको बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार होमबहादुर खड्का, संरक्षण आमा समूहका अध्यक्ष पार्वती बस्नेत, सरस्वती मन्दिरका अध्यक्ष दीपेन्द्र बस्नेत, भजन समूहका राजेन्द्र शाही ठकुरी, पूर्व सदस्य कृष्णबहादुर खड्कालाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रेकबहादुर थापाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी श्रेष्ठले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution