
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ बैदामस्थित माता ताल बाराही सेवा समितिको अध्यक्षमा ढाकाबहादुर थापा चयन भएका छन् ।
संस्थाको छैठौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जुना अधिकारी, सचिवमा महेश्वर पहारी, कोषाध्यक्षमा मदनराज न्यौपाने छन् ।
यस्तै, सदस्यहरुमा ज्ञानबहादुर कार्की, कमला बज्राचार्य, पुष्ष पहारी, नानी कोइराला, हिरु पुन, गोकर्ण अधिकारी, दिनदयाल पाण्डे, रामकृष्ण अर्याल र गुरुदत्त कोइराला छन् ।
निर्वाचन संयोजक तथा अधिवक्ता भगवती पहारीले समितिको निर्वाचन कार्यक्रम सम्पन्न गरेकी थिइन् । निर्वाचन समितिमा गणेश पहारी र अनिल थापा सदस्य रहेकमा थिए ।





