कास्कीका बास्तोला नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्षमा निर्वाचित

पोखरा । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्षमा कास्कीका शिवकुमार बास्तोला निर्वाचित भएका छन् ।

उनी गण्डकी प्रदेशबाट केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

बास्तोला यसअघि पार्टीको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । यस्तै, गोरखाका राजन गुरुङ पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको हालै सम्पन्न महाधिवेशनले रेशमलाल चौधरीको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेको हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button