नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघमा भरत

पोखरा । नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको अध्यक्षमा भरत विक निर्वाचित भएका छन् ।

संघको दशौं साधारणसभा तथा पाचौँ अधिवेशनले भरतलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा मनबहादुर सुनार, द्वितीय उपाध्यक्षमा सुरेन्द्र विश्वकर्मा (रामदाम), महासचिवमा दिपेश सुनार, सचिवमा सुरेन्द्र बहादुर विश्वकर्मा, कोषाध्यक्षमा अर्जुन कुमार सुनार, सह–कोषाध्यक्षमा रमेश खड्का विक निर्वाचित भएका छन् ।

यसैगरी संघको कार्यसमिति सदस्यमा नरेश विक, समीर बराल सुनार, वीरबहादुर सुनार, दीपक विश्वकर्मा, सन्तोष दियाली र सुरेन्द्र सुनार छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button