पोखरा । पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सुरु भएको छ । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेले भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक नगरप्रमुख एवं सभाका अध्यक्ष धनराज आचार्य समक्ष टेबुल गरेका छन् ।
यस्तै, पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले समितिको अर्धवार्षिक प्रतिवेदन, न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा र नयाँ सदस्य नियुक्तिको प्रस्ताव पनि अध्यक्ष आचार्य समक्ष टेबुल गरिन् ।
साथै सार्वजनिक लेखा समितिका संयोजक झपट बहादुर रानाभाटले सार्वजनिक लेखा समितिको प्रतिवेदन प्रमुख समक्ष टेबुल गरे ।
महानगरपालिकाको आर्थिक ऐन २०८० अध्ययन गरी सुझाव पेस गर्न पोखरा महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष समिति नगर सभाले गठन गरेको छ ।
प्रतिवेदन पेस गर्न समितिलाई १५ दिनको समय सीमा तोकिएको छ ।
समितिले पेस गरेको प्रतिवेदनका आधारमा आर्थिक ऐन २०८० पुनरावलोकनको टुङ्गो भने नगर सभाको अर्को बैठकले लगाउने छ ।
विधायन समितिको तर्फबाट टेबुल गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, न्यायिक समिति सदस्य श्रेष्ठको राजीनामा र नयाँ नियुक्तिको प्रस्ताव, आर्थिक ऐन अध्ययन विशेष समिति गठन लगायत केही प्रस्तावहरू सभामा छलफलका लागि पेस गर्दै नगर सभाको अर्को बैठक माघ १८ गते बस्ने गरी नगरप्रमुख धनराज आचार्यले आइतबारको बैठक स्थगित गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution