हत्या प्रयास आरोपमा २ युवक पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय गोरखाले ज्यान मार्ने उद्योग कसुरमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ६ महटार बस्ने बर्ष २५ का सुशिल परियार र गोरखा नगरपालिका वडा नं. २ कोखेआहाले बस्ने बर्ष २१ को पूर्णबहादुर परियार छन् ।

प्रहरीका अनुसार पुस २५ गते साँझ ७ः३० बजे गोरखा नगरपालिका वडा नं.२ तल्लो कोखेस्थित बगैंचामा बर्ष २८ का फिरोज मियाको टाउकोमा बञ्चरोको बिंडले प्रहार गरि घाइते बनाएका थिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा जिल्ला अदालत गोरखामा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button