पोखरा जहाज दुर्घटनाको १ वर्ष : पत्रकारद्वय पौडेल र शाहीको सम्झना गरिँदै

पोखरा । पोखरामा यति एयरलायन्सको जहाज दुर्घटना भएको आज एक वर्ष पुगेको छ ।

गत वर्ष २०७९ माघ १ गते काठमाडौंबाट पोखरा आउनेक्रममा पोखराको सेती खोँचमा यति एयरको जहाज दुर्घटना भएको थियो ।

सो दुर्घटनामा पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीसहित ७२ जनाले ज्यान गुमाएका थिए ।

जहाज दुर्घटनाबारे जाँचबुझका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले चालककै लापर्वाहीले जहाज दुर्घटना भएको निष्कर्ष निकालेको छ ।

यसैबीच जहाज दुर्घटनामा ज्यान गुमाएका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पौडेल र पोखराका पत्रकार शाहीको प्रथम स्मृति दिवस आज मनाइँदै छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति, नेपाल पत्रकार महासंघ कास्की र प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले संयुक्तरुपमा स्मृति सभा गर्न लागेका हुन् ।

कार्यक्रम आज दिउसो १ बजे नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button