पोखरा । पोखरा महानगरपालिकाम वडा नं. १७ को ढुंगेसाँघुमा ऐतिहासिक ढुंगेसाँघु मेला लागेको छ । मेला बिहानैदेखि सुरु भएको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका सचिव हरिप्रसाद भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार मेलामा कास्की मात्र नभई छिमेकी जिल्लाहरु तनहुँ, पर्वत, लमजुङ, स्याङ्जादेखि श्रद्धालु एवं दर्शकहरु सहभागी हुने गर्दछन् ।
समितिका उपाध्यक्ष देवीलाल भण्डारी (अकला) का अनुसार ढुंगेसाँघुको मेलामा रातभर भजनकीर्तन हुनेछ । दुई दिन एक रातको स्वस्थानी व्रतको पूर्ण विधि पाठ गरिनेछ ।
मेला साथै रोइला लगायत अन्य गीतको संस्कृति, मगर संस्कृति, नेवार संस्कृति, स्नान संस्कृति, खाद्य संस्कृति, पर्व पूजा संस्कृति, विशेष जात्रा पूजा संस्कृति, कन्याद्वारा होमन संस्कृति, हाट बजार संस्कृति लगायत बहुसांस्कृतिक मेला र जात्राकोरुपमा परिचित छ ।
मेलामा कन्दमूल प्रतियोगिता तथा प्रदर्शन, निःशुल्क कन्दमूल वितरण, कराँते प्रतियोगिता, फरक-फरक दुई स्थानमा संकल्प दान, कुटो कोदालो, डोको लगायतका सामाग्री किन्न पाइनेछ ।
सदाशिव हरिहर मन्दिर गुठी व्यवस्थापन समिति, सीतापाईला आमा समूह, स्थानीय क्लवहरु, टोल विकास संस्थाहरुले मेलाको व्यवस्थापन गर्दै आएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution