पोखरा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला ३ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
आइतबार प्रतितोला १ हजार ४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution