गण्डकी प्रदेश प्रहरी प्रमुख खनालद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) विकाशराज खनालले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् ।

डिआइजी खनाललाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालयका प्रमुखहरुले स्वागत गरेका थिए ।

स्वागत तथा पदभार ग्रहण पश्चात डिआइजी खनालले प्रदेशको शान्ति सुरक्षामा संगठनको मूल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्यसम्पादन गर्न निर्देशन दिए ।

गृह मन्त्रालयले डिआइजी खनाललाई पुस २४ गते गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने गरि सरुवा गरेको थियो ।

यसअघिका प्रदेश प्रहरी प्रमुख डिआइजी बुद्धिराज गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल काठमाडौँमा सरुवा गरिएको थियो । उनी गण्डकीबाट आइतबार बिदा भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button