सराङकोट सहकारीसहित विभिन्न संघ-संस्था सम्मानित

पोखरा । पोखरा महानगरपालिका वडा नं. १० रामघाटस्थित स्टार डाइग्नोष्टिक सेन्टरले सराङकोट बहुउद्देश्यीय सहित विभिन्न सहकारी र संघसंस्थालाई सम्मान गरेको छ ।

स्टार डाइग्नोष्टिकले सहकारीको माध्यममार्फत समाजमा विविध रचनात्मक कार्यहरु गरेको भन्दै सराङकोट बहुउद्देश्यीय सहकारीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा सराङकोट बहुउद्देश्यीय सहकारी, गोल्डेन बचत तथा ऋण सहकारी, नवसिद्धार्थ महिला सहकारी संस्था, रामघाट आमा समूह, तमु प्लेहु स्याङ्गजा, तमु समाज, लायन्स क्लव अफ पोखरा फिस्टेल सिटी, लोकदोहोरी व्यवसायी संघ, कृष्णटोल विकास संस्था, तल्लो गाउँ टोल विकास संस्था, दूरा समाज कास्कीलाई सम्मान गरिएको अध्यक्ष अर्जुन ज्ञवालीले बताए ।

पोखरामा बढ्दो अस्पतालसँंगै भरपर्दो ल्याव सेवा आवश्यक देखिएकोले विभिन्न क्षत्रका स्वास्थ्य विशेष विशेषज्ञ क्यान्सर रोग परीक्षणका लागि सेन्टर स्थापना भइ सेवा दिँदै आएको सचिव नेत्र ढकालले बताए ।

सम्मानित संस्थाहरुलाई समाजसेवी नरेश कुमार थापा, वरिष्ठ प्राविधिक महेन्द्र केसी, आकस्मिक रक्तदान समूहका अध्यक्ष हरिश्चन्द्र शर्माले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा गोल्डेन सहकारीका पूर्व अध्यक्ष वालकृष्ण बराल, कोषाध्यक्ष सुनिता लम्साल, सञ्चालक यशोधरा दूरा लगायतले आआफ्नो भनाइ राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button