जहाज दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा ‘स्मृति स्तम्भ’ निर्माण

  • पोखरा न्यूज
  • २०८० माघ १
जहाज दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा ‘स्मृति स्तम्भ’ निर्माण

गत वर्ष २०७९ माघ १ गते काठमाडौँबाट पोखरा आउनेक्रममा यति एयरलाइन्सको एटिआर विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको स्मृतिमा पोखरा महानगरपालिकाको तर्फबाट स्मृतिसभा गरिएको छ ।

दुर्घटना स्थलमा दिवङ्गतहरूको स्मृतिमा उनीहरूको नामावलीसहितको स्मृति स्तम्भ निर्माण गरी त्यसको अनावरण समेत गरिएको छ ।

स्तम्भको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

स्तम्भमा विमान दुर्घटनामा दिवङ्गत भएका चालक दलका सदस्यहरूसहित ५७ जना नेपाली र १५ जना विदेशी नागरिकहरूको नाम लेखिएको छ ।

उनीहरूको स्मृतिमा पोखरा महानगरपालिकाले स्मृति स्तम्भ निर्माण गरेको हो । त्यस स्थानमा स्मृति पार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।

स्मृतिसभामा पोखरा महानगरपालिकाका नगरप्रमुख आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरे, महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्यसहित जनप्रतिनिधिहरू र मृतकका आफन्तजना सहभागी थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस