पोखराका ढुङ्गाना प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा निर्वाचित

पोखरा । प्रवासी नेपाली मञ्च स्पेनको अध्यक्षमा पोखराका केदारनाथ ढुङ्गाना निर्वाचित भएका छन् ।

संस्थाको विशेष अधिवेशनले पोखरा महानगरपालिका वडा नं. २६ ढुङ्गानाथर निवासी केदारनाथलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी कास्की समाज स्पेनका पनि पूर्वअध्यक्ष हुन् ।

संस्थाको उपाध्यक्षमा कृष्ण सिग्देल, सचिवमा शिवप्रसाद गौतम, उपसचिवमा मोहनराज गौतम र नारायण सुवेदी निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा सन्तोष पौडेल, अर्पण तिवारी, प्रविण गुरूङ, कल्पना भुजेल थापा, सुमन गुरूङ, राजेन्द्र पराजुली, प्रभात शर्मा र सन्देश गिरी छन् ।

निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गर्दै पोखरा-२६ का वडा सदस्य एवं पोखरा महानगरपालिकाका सञ्चार समिति सुदिपराज ढुङ्गानाले केदारनाथको कार्यकाल निकै स्वर्णिम बन्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button