आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका साथै बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरू हुस्सु/कुहिरोले ढाकेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ ।

मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले बताएको छ ।

गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button