|फाइल तस्बिर
काठमाडौँ । आज नेपाल सत्कार दिवस मनाइँदैछ । होटल सङ्घ नेपाल (हान)ले आज काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको हो ।
सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ ।
अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई-लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।
दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution