पाेखरा । कति बेला नुहाउँदा राम्रो होला, बिहान वा बेलुका ? पहिलो पटक सुन्दा यो निकै साधारण प्रश्न लाग्ला तर जब तपाईं यो प्रश्न आफ्ना परिचितलाई सोध्नुहुन्छ, यसको भिन्न उत्तर पाउनुहोला । कतिले राति नुहाउनु राम्रो भन्लान् कतिले भने बिहान ।
नुहाउने समय स्थितिमा निर्भर हुन्छ जस्तै तपाईंको छालाको प्रकार, तपाईंको कामको प्रकार र तपाईं कति प्रदूषण वा धुलोसँगको सम्पर्कमा आउनुहुन्छ । तपाईंले नुहाउने सही तरिकालाई यसरी छान्नुहोस् । तपाईंले बिहान नुहाउनुपर्छ यदि तपाईंको छाला चिल्लो छ भनेः विशेषज्ञका अनुसार चिल्लो छाला भएका मानिसहरुले बिहान नुहाउँदा फाइदा हुन्छ । यसो गर्दा छाला राम्रो हुन्छ ।
जो बिहान दाह्री काट्छन्ः पुरुषका लागि दाह्री काट्ने सबैभन्दा राम्रो समय नुहाउने बेला वा नुहाइसकेपछि हुन्छ । नुहाउँदा दाह्री नरम हुन्छ जसका कारण काट्न सजिलो हुन्छ । त्यसकारण जो पुरुष बिहान दाह्री काट्छन् भने उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।
जो चाँडै उठ्छन्ः जो व्यक्ति बिहान चाँडै उठ्छन् उनीहरुले बिहान नै नुहाउँदा राम्रो हुन्छ । तर स्नूज बटनको अत्यधिक प्रयोग गर्नेहरुका लागि यो आइडिया राम्रो होइन ।
यदि तपाईंलाई राति धेरै पसिना आउँछ भनेः जसलाई राति धेरै पसिना आउँछ भने तपाईंले बिहान नुहाउँदा राम्रो हुन्छ तर जसले राति सुत्नुअघि नुहाउँछन् र धेरै पसिना आउँदैन भने उनीहरुले बिहान नुहाउन आवश्यक छैन । थुप्रै मानिसलाई राति सुत्नुअघि नुहाउनु आरामदायी र सजिलो लाग्छ । यद्यपि, केही अनुसन्धानका अनुसार राति नुहाउनुको अर्थ तपाईंको शरीरको तापक्रममा परिवर्तन हुनसक्छ जसले प्राकृतिक लयमा बाधा पुर्याउन सक्छ, निन्द्रा कम लाग्न सक्छ । यदि यस्तो छ भने सुत्नु दुई घण्टा अघि नुहाउनुहोस् ।
यदि तपाईं मेकअप गर्नुहुन्छः यदि तपाईं सन स्क्रिन वा मेकअप आदिको प्रयोग गर्नुहुन्छ, त्यसलाई क्लिन्जरको प्रयोग गरेर सफा गर्न आवश्यक छ । तर यदि राति नुहाएर सुत्नुहुन्छ भने तपाईंको छाला राम्रोसँग सफा हुन्छ ।
धुँवा धुलोमा काम गर्नेहरु : यदि अस्पताल वा भवन निर्माण साइट आदिमा काम गर्नुहुन्छ भने तपाईं लगातार धुलो, प्रदुषण वा किटाणु आदिको सम्पर्कमा रहनुहुन्छ त्यसकारण सुत्नुअघि नुहाउनुपर्छ । त्यसकारण नुहाउने निर्णय आफ्नो शरिर वा दिनचर्याको हिसाबले गर्नुहोस् । तर धेरै पटक नुहाउनबाट बच्नुहोस् । धेरै नुहाउँदा तपाईंको शरिरको गुड ब्याक्टेरिया जस्तै तपाईंको रक्षा गर्दछ, लाई नष्ट हुन सक्छन् र तपाईंको छाला संक्रमण हुने आशंका बढ्ने गर्दछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution