पर्वतका अजय लागूऔषधसहित स्याङ्जामा पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० का बर्ष २३ का अजय नेपाली रहेका छन् ।

स्याङ्जा प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार अजयलाई पुस २९ गते साँझ ५ बजे वालिङ नगरपालिका वडा नं.९ भकुण्डेस्थित सिद्धार्थ राजमार्गबाट पक्राउ गरिएको हो ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको डिएसपी रानाले बताए ।

अजयको साथबाट नोफिन ४९ एम्पुल, डाईजापाम ४९ एम्पुल, फेनरागन ४९ एम्पुल गरी १४७ एम्पुल लागूऔषध बरामद भएको डिएसपी रानाले बताए ।

अजयविरुद्ध लागूऔषध मुद्धामा अदालतबाट म्याद दिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button