चलचित्र ‘खजुरे ब्रो’ घोषणा, छायाङ्कन सुरु

पोखरा । नेपाली चलचित्र ‘खजुरे ब्रो’ को घोषणा गरिएको छ ।

सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी, नीति शाह, रेयर राई, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको भूमिका रहनेछ ।

निर्देशक सुनुवारले कमेडी जनरामा चलचित्र बन्ने भन्दै चलचित्रको छायाङ्कन सुरु भइसकेको बताए ।

नवीन मानन्धर र सुरज सुनुवारले यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

चलचित्रको कार्यकारी निर्मातामा डायमण्ड उप्रेती, सहनिर्माता अनिल मानन्धर र पिकेश मानन्धर छन् ।

यो चलचित्रको छायाङ्कन शिशिर बिसंखेले गरिरहेका छन् भने अनमोल गुरुङले सङ्गीत भरेका छन् ।

चलचित्रको छायाङ्कन इटहरी, धरान, दार्जिलिङ र काठमाडौँमा हुने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button