घट्यो सुन-चाँदीको बजार भाउ

पोखरा । नेपाली बजारमा सुनको मूल्य आज १ सय रुपैयाँले घटेको छ । सुनसँगै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ३ सय रूपैयाँ बढेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रूपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी सोमबार प्रतितोला १ हजार ४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button