पोखरा । नेपाली कांग्रेस कास्कीको प्रथम जिल्ला सम्मेलन यहि माघ ९ गते मंगलबार हुने भएको छ । सम्मेलनको तयारी तीब्र बनाइएको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए ।
प्रवक्ता लामिछानेका अनुसार सम्मेलन भव्य र सभ्य बनाउनका लागि जिल्ला कार्यसमितिले आन्तरिक छलफल तीव्र बनाएको छ ।
जसका लागि पार्टी अन्तर्गतका पोखरा महानगरसहित चार वटै गाउँपालिका प्रमुख तथा पदाधिकारी, संविधानसभा सदस्य, प्रदेशसभाका सदस्य, तीन वटै क्षेत्रका क्षेत्रीय सभापतिसँग छलफल गरेर सल्लाह सुझाव लिएको छ ।
छलफलमा सहभागीले सम्मेलन मेलमिलाप र एकताको हुनुपर्ने सुझाव दिएका छन् । साथै उनीहरुले पार्टीका सबै क्रियाशील सदस्य र सबै तहका नेता कार्यकर्तालाई सम्मेलनमा सहभागी गराउने वातावरण मिलाउन पनि सभापति किशोरदत्त बरालसँग आग्रह गरेका छन् ।
सभापति बरालले सम्मेलन सभ्य र भव्य बनाउन घनिभूत छलफल चलिरहेको भन्दै यसका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।
सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने प्रवक्ता लामिछानेले जानकारी दिए ।
मंगलबारको छलफलमा सहभागीहरु
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution