चम्कियो शेयर बजार

काठमाडौँ । शेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ ।

मंगलबार ५४.५४ अंकले वृद्धि भएको शेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ ।

यसदिन २१४ वटा कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।

यो कारोबार दुई वर्षयताकै उच्च हो । विश्लेषकहरुले लगानीकर्तामा आत्मविश्वास बढेको हिसाबमा यसलाई लिएका छन् ।

यद्यपि बैंकले ब्याजदर घटाएपछि लगानीकर्तामा शेयरतिर आकर्षित भएको संकेतको रुपमा लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button