रौतहटवासीले भने-राजा आउ देश बचाउ

रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलवार रौतहटको शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन् ।

दिउँसो निर्धारित समय भन्दा करिब १ घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चोकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए ।

सो क्रमामा बाटोको दुवैतर्फ बसेका समर्थकले फूलमाला लगाई स्वागत गरेका थिए ।

पूर्वराजा शाहले समर्थकको हातबाट माला र पुष्प गुच्छा लिएका थिए।

उनले मन्दिरमा पूजा गर्ने क्रममा समर्थकहरूले राजाआउ देश बचाउ भनेर नारा लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button