रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ । बर्दियामा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर नगरपालिका वडा नं. ५ बदलापुरका ३५ वर्षीय विन्द्राप्रसाद चौधरी रहेका छन् ।

प्रहरीका अनुसार रोकिराखेको ना८ख १३८५ नम्बरको ट्रकमा चौधरी सवार भे७प ६११ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button