टाइगर कप भलिवल : एकै दिन ४ खेल सम्पन्न, को-को विजयी भए ?

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिवल प्रतियोगितामा मंगलबार ४ खेल सम्पन्न भएका छन् । जसमा महिलातर्फ नेपाल पुलिस क्लव र आर्मी तथा पुरुषतर्फ श्रीलङ्का आर्मी टिम र टिपटप हेल्प नेपाल विजयी भएका छन् ।

प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिवल टोली नेपाल पुलिस क्लवसंँग सोझो ३-० को सोझो सेटमा पराजित भएको छ ।

३ जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो २ सेट नेपाल पुलिस क्लबलाई २५-१० र २५-९ ले बुझाउन पुग्यो ।

नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका २ सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भएपनि अन्ततः २५-१६ ले पुलिसलाई बुझाउन पुग्यो । खेलमा टाइगर अफ दि म्याच नेपाल पुलिसकी उषा भण्डारी बन्न सफल भइन् ।

जितसंँगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लवले ३ अंक हात पारेको छ । योसंगै नेपाल पुलिस ४ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ ।

पुलिसले आफ्नो पहिलो खेल एपीएफ क्लवसंँग ३-१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समूहमा एपीएफ २ अंकका साथ दोस्राे स्थानमा छ ।

यस्तै महिलातर्फको दोस्राे खेलमा त्रिभुवन आर्मीले भारतको हरियाणालाई ३-२ को सेटमा हराएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५-२२ ले आफ्नो पक्षमा पार्न सफल भएपनि दोस्रो सेट भने २०-२५ ले गुमायो ।

आर्मी तेस्रो सेटमा हरियाणासँग १८-२५ ले स्तब्ध बन्यो तर चौथो सेटमा आर्मी खेलमा फर्कँदै २५-१७ को जित निकाल्यो भने अन्तिम सेटमा १५-१२ को जित निकाल्दै अन्तिम ४ को सम्भावना जीवितै राखेको छ । खेलमा नेपाल आर्मीकी सोफिया पुन म्याच अफ दि टाइगर घोषित भइन् ।

यता, पुरुषतर्फ पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा श्रीलङ्का आर्मी टिमले विभागीय क्लव एपीएफलाई ३-१ को सेटमा पराजित गरेको छ ।

पहिलो पटक नेपाल खेल्न आएको पाहुना टोली श्रीलङ्का आर्मी टोलीले पहिलो सेट २३-२५ को पछिपरेको श्रीलङ्का आर्मी खेलमा फर्किदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भयो ।

श्रीलङ्का आर्मीले दोस्रो सेट २५-१९ ले तेस्रो सेट २५-२१ र चौथो सेट २५-१३ ले पुनरागमन गर्दै समूह बि मा ३ अंक हात पारेको छ । खेलमा श्रीलङ्का आर्मीका खेलाडी सजिथ केनुमारत्ने म्याच अफ दि टाइगर बन्न सफल भए ।

पुरुषतर्फ नै ३ जना पाकिस्तानी खेलाडी सम्मिलित टिपटप हेल्प नेपाल स्पोर्टस क्लव र विभागीय टोली त्रिभुवन आर्मी क्लव बीचको खेलमा हेल्प नेपालले ३-१ सेटमा आफ्नो पहिलो खेल जित्दै २ अंक हात पारेको छ ।

पहिलो २ सेट २५-१८ र २५-२० ले जितेको हेल्प नेपालले तेश्रो सेटमा नेपाल आर्मी खेलमा पुनरागमन गर्दै २५-२३ ले जित्यो तर चौथो सेट २५-२० ले हेल्प नेपाललाई सुम्पियो । खेलमा टिपटप हेल्प नेपालका माझर अली टाइगर अफ दि म्याच बनेका छन् ।

लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड र हरियाणा भारत छन् ।

पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्र्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलङ्का आर्मी टिम छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५ , उपविजेताले रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्राे हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५-२५ हजार र अन्य विद्यागतरुपमा उत्कृष्ट हुने खेलाडीले करिब १५-१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका खेलहरु जारी रहनेछन् । खेल तालिकाअनुसार महिलातर्फ एपीएफ क्लव र गण्डकी प्रदेशका बीच हुने छ भने दोस्राे खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवले हरियाणा पुलिस क्लवको सामना गर्नेछ ।

यस्तै, पुरुषतर्फ नेपाल पुलिस क्लव र श्रीलङ्का आर्मी टिमका बीच तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लव र गण्डकी प्रदेश भलिबल संघका बीच हुने आयाेजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button