पोखरामा टाइगर कप भलिवलः आज पनि ४ खेल हुने, को-को भिड्दैछन् ?

पोखरा । पोखरामा चौथो टाइगर कप भलिवल प्रतियोगिता जारी छ । आज लिग चरणका खेलहरु जारी रहनेछन् । प्रतियोगितामा आज पनि चार खेल हुने आयोजकले जनाएको छ ।

खेल तालिकाअनुसार महिलातर्फ एपीएफ क्लव र गण्डकी प्रदेशका बीच हुने छ भने दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवले हरियाणा पुलिस क्लवको सामना गर्नेछ ।

यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लव र श्रीलङ्का आर्मी टिमका बीच तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लव र गण्डकी प्रदेश भलिबल संघका बीच हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेताले नगद रु ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button