दमौलीमा फेरि ठड्याइयो राजा महेन्द्रको पूर्णकदको शालिक

तनहुँ । तनहुँको दमौलीस्थित राजा महेन्द्र शाहको शालिक पुनर्निर्माण गरिएको छ ।

व्यास नगरपालिका वडा नं. ३ मा आज बुधबार बिहानै शालिक निर्माण गरिएको बताइएको छ ।

शाहको शालिक जनआन्दोलनपछि भत्काइएको थियो । शालिकलाई अहिले फेरि पूर्णकदको बनाइएको छ ।

शालिक पुनःनिर्माणबारे थप जानकारी आउन बाँकी छ ।

यसअघि पोखराको वीरेन्द्रचोकस्थित राजा वीरेन्द्रको शालिक पुनर्निर्माण गरेको थियो ।

साथै पृथ्वीचोकमा पनि पृथ्वीनारायणको शालिक राखेरै छाड्ने उद्घोष गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button