मिस तामाङका प्रतियोगीलाई साइबर सुरक्षा तालिम

पोखरा । मिस तामाङ पोखराका सहभागीलाई साइबर सुरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवण कुमार विकले सहभागीलाई डिजिटल माध्यमको उपयोगिता र सजगताबारे प्रशिक्षण दिएका थिए ।

उनले साइबर अपराध के हो, कसरी हुन्छ र यसबारे बनेका विद्यमान कानून के छन् भन्ने विषयमा प्रकाश पारेका थिए ।

उनले सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोग गरी आफ्नो स्वार्थ पूर्ति गर्नेहरुको विगविगी ह्वात्तै बढेको जनाउँदै युवापुस्ता बढी सजग बन्नुपर्नेमा जोड दिए ।

डीएसपी विकले पछिल्लो समय जिल्ला प्रहरी कार्यालयमा पनि साइबर अपराधसँंग सम्बन्धित घटनाहरु बढेको जानकारी दिंदै सामाजिक सञ्जालमा देखिएका सबै विषयमा विश्वास नगर्न आग्रह गरे ।

डिजिटल माध्यम, सामाजिक सञ्जालको प्रयोग गरि ठगी तथा अपराध, धम्की तथा ब्लाकमेलिङ्गका घटनाहरु बढिरहेकाले सजगता अपनाउन उनले सुझाव दिए ।

सहभागीलाई ४५ दिन लामो तालिमका लागि विभिन्न क्षेत्रका विज्ञले सहजीकरण गरिरहेका छन् ।

तालिमका दौरान सहभागीलाई सार्वजनिक भाषण कला, व्यक्तित्व विकास, साइबर सुरक्षा, करियर व्यवस्थापन, तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा तालिम प्रदान गरिएको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेस्टिभल गर्दै आएको छ ।
यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते गर्दैछ ।

प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ ।

सहभागीहरुमा मनिका लामा तामाङ, रिमाया तामाङ, दीक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ छन् ।

मिस तामाङ विजेताले नगद १ लाख र फष्ट रनरअपले ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ ।

यस्तै सेकेण्ड रनर अपले ३० हजार रुपैयाँ हात पार्नेछन् भने भ्यूवर्स च्वाइसका रुपमा एक जनालाई नगद २० हजार पुरस्कार प्राप्त प्रदान गरिने अध्यक्ष तामाङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button