पोखरा महोत्सव : आज शान्तिश्री र मेलिनाले तताउने

पोखरा । पोखरामा १२औं संस्करणको पोखरा महोत्सवमा जारी छ । महोत्सव अन्तर्गत आज पनि सांगीतिक कार्यक्रमहरु चल्नेछ ।

जसका लागि आज चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार र मेलिना राई आउने भएका छन् ।

महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्तिश्री र सांँझको लाइभ ब्याण्डतर्फ मेलिना राईको प्रस्तुति रहने महोत्सवका प्रचार-प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

शान्तिश्रीसंँगै लोकदोहोरी कलाकारहरु जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लीला पौडेल, सरला पाण्डे, सविना गुरुङ, कमला सुनार लगायतको प्रस्तुति रहने छ भने सांँझको लाइभ ब्याण्डमा मेलिना राईको प्रस्तुति रहनेछ ।

महोत्सवको सातौँँ दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको सहभागिता बढ्दै गएको छ । यसैगरी कारोबार पनि बढ्दै गइरहेको आयोजकले जनाएको छ ।

महोत्सवमा हिमाली याक अवलोकन, घोड सवार, विभिन्न जातजातिको भेषभूषाको पहिरनमा तस्विर खिचाउने, भीआर नाइन डी, नेपाल टेलिकमको निःशुल्क सिम वितरण, कृषि, लत्ताकपडा, घरायसी सामाग्री किन्ने दर्शकको भीड लागेको आयोजकले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button