पोखरास्थित बाल हितकारी परियोजना नेपाल शर्मा

पोखरा । पोखरास्थित बाल हितकारी परियोजना नेपालको अध्यक्षमा रामचन्द्र शर्मा निर्वाचित भएका छन् ।

संस्थाको हालै सम्पन्न एघारौँ अधिवेशनले शर्मालाई अध्यक्षमा सर्वसम्मत निर्र्वाचित गरेको निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए ।

संस्थाको उपाध्यक्षमा पार्वता पाण्डे, सचिवमा दिलबहादुर भट्टराई र कोषाध्यक्षमा लोकमणि सुवेदी छन् भने कार्यसमिति सदस्यहरुमा दीपक श्रेष्ठ, गणेश पहारी र देवीमाया सारु थापा छन् ।

नयाँ कार्यसमितिलाई परियोजना नेपालका निवर्तमान अध्यक्ष पहारीले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button