पोखरा लेडी जेसीजका सदस्यलाई ‘लर्न टु लिड’ तालिम

पोखरा । पोखरा लेडी जेसीजमा आवद्ध सदस्यहरुलाई एक दिने ‘लर्न टु लिड’ तालिम प्रदान गरिएको छ ।

संस्थाका ३० जना महिलालाई नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दीपेन्द्र श्रेष्ठले तालिम दिएका हुन् । उनले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।

संस्थाका सदस्यहरुको नेतृत्व तथा क्षमता विकासका लागि तालिम आयोजना गरिएको सचिव गीता ढुंगानाले बताइन् ।

संस्थाका अध्यक्ष गायत्री फुयालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन उपाध्यक्ष रेजिना कटुवालले गरेकी थिइन् ।

कार्यक्रम सञ्चालन सचिव ढुंगानाले र स्वागत कांर्यक्रम संयोजक कटुवालले गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button