पिस चौतारी लायन्सको अठारौँ चार्टर्ड नाइट

पोखरा । लायन्स क्लब अफ पोखरा पिस चौतारीको अठारौं चार्टर्ड नाइट सम्पन्न भएको छ । कार्यक्रम शुभारम्भ गर्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘के’ का गभर्नर सुचित्रा थापाले पिस चौतारी डिष्ठ्रक्टकै उत्कृष्ट क्लव भएको भन्दै प्रशंसा गरिन् ।

आफू गभर्नर भएपछि महिलाको हात, महिलाको साथ त्यसमा पुरुषको हात मूल नारा अघि सारेको भन्दै यसले सार्थकता पाइरहेको उनले बताइन् ।

आफू एक्लैले चाहेर केही नहुने भन्दै गभर्नर थापाले सबैको साथ, सहयोग र हौसलाले आफू सफल हुने स्पष्ट पारिन् ।

लायन्समा लागेकाहरुलाई उत्साह दिलाउने गरि काम गर्न आवश्यक रहेको उनले बताइन् ।

द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर दुर्गा प्रसाद हुमागाईले लायन्सलाई नयाँ उचाईमा पुर्याउने काम तपाईं हामीले नै गर्ने हो भन्दै आफूलाई यो स्थानमा पु¥याउन साथीहरुकै सहयोग रहेको उल्लेख गरे ।

क्याविनेट कोषाध्यक्ष दुर्गा ढकालले पिस चौतारी लायन्सले सामाजिक र मानवीय क्षेत्रमा निकै उत्कृष्ट काम भइरहेको भन्दै यसलाई कायम राख्दै थप क्रियाशीलता बढाउन आग्रह गरिन् ।

डिष्ट्रिक्ट चिफ एड्मिष्ट्रेटर टीकाराम सापकोटाले माघ २६ र २७ गते बागलुङमा क्याविनेट बैठक हुने र सो बैठकको तयारी भव्यरुपमा भइरहेको उल्लेख गरे ।

उनले बैठकमा पिस चौतारीबाट उत्कृष्ट सहभागिता रहने विश्वास व्यक्त गरे । उनले लायन्सले संख्यात्मक भन्दा पनि गुणात्मक सदस्य विस्तारमा ध्यान दिन आवश्यक रहेका बताए ।

क्लबका पूर्व अध्यक्ष भूपेन्द्र गिरीले लायन्स पुस्ता-पुस्ताबीचको संगम भएको बताए । उनले लायन्समा सधैँ पुराना कुरामात्र गरेर नहुने भन्दै नयाँ सोंच, नयााँ जोस र उत्साहका साथ अघि बढ्न जरुरी रहेको स्पष्ट पारे ।

क्लबका पूर्व अध्यक्ष मेघनाथ काफ्लेले लायन्समा वितृष्णा आउन नदिन ध्इान पुर्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा रिजन चियर पर्सन डा. विष्णु प्रसाद चापागाईले नेपालीले संस्कार र संस्कृति बिर्सिन थालेको भन्दै यसको संरक्षणका लागि लायन्स लाग्नुपर्नेमा जोड दिए । सो अवसरमा अग्र्यानिक खीर केकको बारेमा जानकारी राख्दै पश्चिमा संस्कृतिलाई निरुत्साहित गर्न आवश्यक रहेको स्पष्ट पारे ।

जोन चियर पर्सन माधव प्रसाद तिमिल्सिनाले पिस चौतारी लायन्स क्लवलाई आफूले नजिकबाट नियालिरहेको भन्दै क्लवका प्रत्येक का उत्कृष्ट रहेको बताए ।

क्लवका अध्यक्ष रामकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मगनलाल श्रेष्ठले स्वागत, सचिव ई. विजयराज त्रिपाठीले कार्यक्रम सञ्चालन र क्लवका फष्ट भाइस प्रिसिडेन्ट टिआर काफ्लेले ध्वजाको अभिवादन गरेका थिए ।

कार्यक्रममा क्लव र लायन्सको विभिन्न गतिविधिमा उत्कृष्ट भूमिका निर्वाह गर्नेहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button