मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

दाङ । दाङमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका २६ वर्षीय सविन चौधरी रहेका छन् ।

प्रहरीका अनुसार मानपुरस्थित सडकमा रा५प ९७८ नम्बरको मोटरसाइकल अनियन्त्रित दुर्घटना हुँदा चालक चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button