सुनको भाउ ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १ हजार २ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा १ हजार २ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य आज तोलामा र ५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button